दैलेख : पौडी खेल्ने क्रममा खोलामा डुबेर दैलेखमा एक वालकको मृत्यु भएको छ । महाबु गाउँपालिका ३ घर भई हाल दैलेख सदरमुकाम नयाँ बजार बस्दै आएका चन्द्रबहादुर शाहीका १३ बर्सिया छोरा भुवन बहादुर शाहीको डुबेर मृत्यु भएको हो ।
स्थानीय लोहोरे खोलाको गैरी भन्ने ठाउँमा पौडी खेल्ने क्रममा मङ्गलवार डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले जानकारी दिए । उनी मङ्गलवार दिउँसो ३ बजेको समयमा खोलामा डुबेका थिए ।






